काठमाण्डु – निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
प्रसाईंलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं सार्वजनिक शान्ति विरुद्धको कसूरमा गत माघ ५ गते पोखराबाट पनि पक्राउ परेका थिए । त्यसपछि गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए ।
पछिल्लोपटक प्रहरीले उनलाई पटक–पटक पक्राउ गर्दै आएको छ ।




प्रतिक्रिया