काठमाण्डु – संयुक्त जेन्जी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी कार्यालय पेरिसडाँडामा पुगेर भेट गरेका छन् ।
संयोजकसँगको भेटमा आगामी निर्वाचनमा नेकपाले जेन्जीका मुद्दाहरूलाई घोषणा पत्रमा राखेर जानुपर्ने माग राखे । उनीहरूले नेपाली कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
जेन्जी संयुक्त जेन्जी आन्दोलनका युवाहरूका माग र विषयहरू सुनेपछि संयोजक प्रचण्डले जेन्जी आन्दोलनले उठाएका मुद्दाहरू नेपाली कम्युनिष्ट पार्टीकै मुद्दा भएको बताए । ‘२३ गते जेन्जी आन्दोलनले उठाएका मुद्दा र मागहरूको समर्थन गर्ने पहिलो दल हामी नै हौं,’ संयोजक प्रचण्डले भने ।




प्रतिक्रिया