काठमाण्डु – स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीहरूको न्युन दररेट मात्र दाबी गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।
सोमबार बोर्डले बोर्ड र सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दररेटमध्ये जुन न्युन छ, सोही दररेट मात्र दाबी गर्ने निर्देशन दिएको हो ।
बोर्डका अनुसार पुस २४ गतेको बोर्डको निर्णय अनुसार स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीमा संस्थाहरूले आइटम तथा सर्भिसेसको न्यूनतम दाबी गर्न छुट्टै महल थप गरिएकोे छ ।
सो व्यवस्था फागुन १ गतेबाट अनिवार्य रूपमा कार्यान्वयन गर्न सबै सेवा प्रदायक संस्थाहरूलाई बोर्डले निर्देशन दिएको छ ।




प्रतिक्रिया