काठमाण्डु – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराईको भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
यस्तै राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
बुधवार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


प्रतिक्रिया