पूर्वमुख्यमन्त्री शर्मा नेकपाको कारवाहीमा, सांसदबाट हटाउन पत्राचार

पूर्वमुख्यमन्त्री शर्मा नेकपाको कारवाहीमा, सांसदबाट हटाउन पत्राचार


सुर्खेत – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद राजकुमार शर्मालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कारबाही गरेको छ ।

नेकपाले उनलाई कारवाही गर्दै सांसद पदबाट हटाउन कर्णाली प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ ।

नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बुधबार संसद् सचिवालयलाई पत्र लेख्दै प्रदेशसभा सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए ।

शर्मा २०७९ सालमा नेकपा माओवादीबाट प्रदेश सभामा निर्वाचित भएका थिए । पछिल्लोपटक उनी पार्टी एकतामा सहभागी भएनन् ।

हाल उनी जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) प्रदेश इन्चार्ज छन् ।