अदालतले मलाई न्याय दिन्छ भन्नेमा विश्वस्त छु : रवि लामिछाने

अदालतले मलाई न्याय दिन्छ भन्नेमा विश्वस्त छु : रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेका अभियोगमा अदालतले न्याय दिने विश्वास रहेकाे बताएका छन् ।

बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न पुगेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै अदालतले आफूमाथि न्याय गर्ने विश्वास व्यक्त गरे ।

अहिले तारिख बुझ्न आफू विभिन्न अदालतमा जानुपरेको भन्दै उनले सवैले न्याय अदालतबाटै पाउने भएकाले कानूनी र अदालती प्रक्रियालाई आफूले सदैव सम्मान गर्ने उनले बताए ।

उनले मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफै उपस्थित हुनुपर्ने भएकाले आफूले त्यही अनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको धारणा राखे ।

सभापति लामिछानेले आफूहरू कानूनी राज्य स्थापित गर्न हिँडेकाले कानूनी प्रक्रियालाई राम्रोसँग बहन गर्ने बताए ।