देशभर फागुन २१ मै चुनाव हुन्छ, हिमाली भेगमा पनि सबै व्यवस्था भइसक्यो : प्रधानमन्त्री कार्की

देशभर फागुन २१ मै चुनाव हुन्छ, हिमाली भेगमा पनि सबै व्यवस्था भइसक्यो : प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव हुने बताएकी छन् ।

हिमाली जिल्लाहरूको स्थलगत निरीक्षणका क्रममा बिहीबार सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले देशभर फागुन २१ मै चुनाव हुने बताएकी हुन् ।

स्थानीय पत्रकारलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गरिन् ।

उनले भनिन् ‘पुरै देशभर एकैदिन फागुन २१ मा चुनाव सम्भव छ । हामीले मौसमको पनि अध्ययन गरिरहेका छौ, देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन । हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ ।’

उनले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरिन् ।

प्रधानमन्त्री केहि दिन पूर्व देखि पश्चिम सम्मका हिमाली जिल्लाको अवस्था बुझ्न आज र भोलि त्यता जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।