कञ्चनपुर-१ मा पुरानोलाई चुनौती दिँदै नयाँ अनुहार

कञ्चनपुर-१ मा पुरानोलाई चुनौती दिँदै नयाँ अनुहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचनको मिति नजिकिँदै जाँदा कञ्चनपुर–१मा चुनावी प्रचारप्रसार बढ्दै गएको छ । पुराना उम्मेदवारले आफ्ना उपलब्धिलाई आधार बनाउँदै मत मागिरहेका छन् ।

चुनावी अभियानमा उम्मेदवारहरू घरदैलो कार्यक्रम गर्दै मत माग्न व्यस्त छन् ।

यहाँ लामो समयदेखि चुनावी मैदानमा देखिँदै आएका पुराना अनुहारलाई यसपटक नयाँ उम्मेदवारले चुनौती दिन लागेका छन् ।

यस क्षेत्रबाट नेकपा (एमाले)का तारा लामा तामाङ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का बीना मगर चुनावी मैदानमा छन् । उनीहरू दुवै बाट पूर्वमन्त्री हुन् ।

विद्यार्थी राजनीतिबाट उदाएका गोपीप्रसाद उपाध्यायलाई नेपाली कांग्रेसले मैदानमा उतारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जनक धामी उम्मेदवार बनेका छन् । उपाध्याय र धामी पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।

यो क्षेत्र विगतमा कांग्रेस, एमाले र माओवादीले पालैपालो जित्दै आएको हो । २०४८ मा कांग्रेस, २०५१ मा एमाले, २०५६ मा फेरि कांग्रेस, २०६४ मा तत्कालीन नेकपा (माओवादी), २०७० मा कांग्रेस, २०७४ मा तत्कालीन माओवादी केन्द्र जित्दै आएको छ ।

सबै दलका उम्मेदवारहरूले विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् । यस क्षेत्रमा पुरानो दलहरूलाई नयाँ उम्मेदवारहरूले चुनौती दिएका छन् । पुराना अनुहारलाई युवा उम्मेदवारहरूले चुनौती दिने देखिन्छ ।

पुराना दलका उम्मेदवारहरू आफू विजयी हुने रणनीतिमा छन् । उनीहरू नयाँ अनुहारका उम्मेदवारहरूको चुनौती नरहेको दाबी गर्छन् ।

२०७० सालको संविधान सभा चुनावबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्दा विना मगर एमाले उम्मेदवारसँग पराजित भएकी थिइन् । तर २०७४ को चुनावमा वाम गठबन्धनको लहर र एमालेको साथले उनले फराकिलो जित हात पारेकी थिइन् ।

तर २०७९ मा कांग्रेस र एकीकृत समाजवादीको बलियो साथ पाएर पनि उनी पराजित भइन् । उनलाई हराउने २०७४ मा उनकै सारथि तारा लामा तामाङ थिए ।

अहिले विना मगर चौथो पटक चुनावी मैदानमा छिन् । तर यस पटक उनी नेकपाबाट उम्मेदवार बनेकी छन् । आफ्नो माइती गाउँसमेत रहेको यो क्षेत्रमा उनको सम्बन्ध भावनात्मक छ । तर विगतमा कांग्रेसको साथ पाउँदा पनि जित हासिल गर्न नसकेको अवस्थामा उनलाई अहिले सहज देखिँदैन ।

यस पटकको चुनावमा विना र ताराबिच आफ्नो वर्चश्व फर्काउने प्रतिस्पर्धा चलिरहँदा कांग्रेस, रास्वपासहितका दलले आफ्नो पक्षमा जित पार्ने कसरतमा छन् ।

यो निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । कञ्चनपुर–१ मा बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलाडाँडी र लालझाडी गाउँपालिका पर्छन् । यस क्षेत्रमा एक लाख एक हजार ७२४ मतदाता छन् ।