पूर्वराजा शाह काठमाण्डु फर्किने भएपछि सुरक्षा व्यवस्थामा कडा (तस्बिरहरू)

पूर्वराजा शाह काठमाण्डु फर्किने भएपछि सुरक्षा व्यवस्थामा कडा (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापाबाट काठमाण्डु फर्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई ध्यानमा राखेर स्थानीय प्रशासनले विमानस्थल आपसपास क्षेत्र सुरक्षा कडा पारेको छ ।

राजावादीहरूले पूर्वराजाको स्वगत गर्दै शुक्रबार शक्ति प्रदर्शन गर्ने तयारीमा छन् । पूर्वराजा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍यालीसहित भव्य स्वागत गरेर आफ्नो शक्ति प्रदर्शनको तयारीमा राजावादीहरूको तयारी छ । शाह हेलिकप्टरमार्फत झापाबाट काठमाण्डु आउन लागेका हुन् ।

यसअघि बुद्ध एयर विमानको नियमित उडानमार्फत काठमाण्डु आउने बताइए पनि उनी हेलिकप्टरबाटआउन लागेका हुन् ।

यता शाहको आगमनलाई ध्यान दिँदै प्रहरीले विमानस्थ क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।