काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान समयमा मुलुकलाई निकाश दिन निर्वाचन प्रमुख माध्यमका रूपमा रहेको बताएका छन् ।
शुक्रबार चुनावी प्रचारका लागि भेटघाट गर्दै गुल्मीको तम्घास पुगेका रवि निर्वाचनमार्फत आम मतदाताले एउटा दललाई बहुमतसहित विजयी गराएर इतिहास रच्नुपर्नेमा जोड दिए।
उनले अहिले गलत नेतृत्व छाने देशले दुःख पाउने भन्दै आफूहरू देश बदल्ने अभियानमा सहभागी भएकाले यस अभियानमा सहकार्य र समन्वय गरी साथ दिन आमनागरिकलाई आग्रह गरे ।
उनले तम्घासमा रहेको सहिद शमशेरबहादुर खत्रीको शालिकमा माल्यार्पण गरेका थिए ।
रास्वपाबाट गुल्मी निर्वाचन क्षेत्र नं १ मा सागर ढकाल र २ मा गोविन्द पन्थी उम्मेदवार भएका छन् । जिल्लामा कूल दुई लाख २९ हजार ५४९ मतदाता छन्।




प्रतिक्रिया