४ करोड मतपत्र छापियो, जिल्लामा पुर्‍याइदै

४ करोड मतपत्र छापियो, जिल्लामा पुर्‍याइदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सकिएको छ। निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक गरी ४ करोड मतपत्र छपाइ सकिएको जानकारी दिएको हो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए ।

आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने तयारी रहेको छ ।

अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउने तयारी रहेको पौडेलले जानकारी दिए ।

यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ भने २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्‍याउने गरी काम भइरहेको प्रबन्ध निर्देशक पौडेलले बताए ।