दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दमक १० को ईन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गरेका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका पूर्वप्रधानमन्त्री ओली दमकका विभिन्न टोलमा पुगेर मतदातासँग भेट गर्ने क्रममा दमक १० पुगेका हुन् ।
त्यस क्रममा उनले अन्य यात्रुहरूसँगै मोटरबोट चढेर तालको अवलोकन गरेका थिए ।
त्यस क्रममा महिलाहरू संगठित रहेको बुहारी समूहले भेट गरी नेकपा एमाले तथा अध्यक्ष ओलीलाई जिताउन क्रियाशील हुने बताएको थियो ।
दमकको दक्षिणी भेगमा रहेको इन्द्रेणी ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रयास स्वरूप केही समयअघिदेखि मोटरबोट सञ्चालनमा आएको छ ।

सो वडाले पूर्वतर्फ कमल गाउँपालिका र गौरादह नगरपालिकालाई छोएको छ भने पश्चिमतर्फ मोरङको उर्लाबारी र रतुवामाई नगरपालिका पर्दछ ।
ओलीकै पहलमा दुवैतर्फ जाने स्थानमा रतुवा र मावा खोलामा पक्की पुल बनेका छन् । दुवै तर्फका मोटरेवल पुलका कारण सर्वसाधारणको दिनचर्या सहज मात्र भएको छैन, कृषि उपजको बजारीकरण गर्न, स्वास्थ्य सेवा लिन र स्वरोजगारीका विकल्पहरू पहिचान गर्न पनि सहज भएको छ ।




प्रतिक्रिया