कांग्रेसले जनकपुरमा आज चुनावी सभा गर्दै, प्रतिज्ञापत्र पनि सार्वजनिक गर्ने

कांग्रेसले जनकपुरमा आज चुनावी सभा गर्दै, प्रतिज्ञापत्र पनि सार्वजनिक गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार पहिलो चुनावी सभा गर्दैछ । कांग्रेसले सोही सभाबाट प्रतिज्ञापत्र पनि सार्वजनिक गर्ने छ ।

कांग्रेसले सभालाई प्रतिज्ञा सभा भनेको छ ।

प्रतिज्ञा सभामा सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा कांग्रेसले लिएको छ।

मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात् गरेको नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ ।

यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति गगन कुमार थापा स्वयं मधेसको जिल्ला सर्लाही क्षेत्र नं ४बाट उम्मेदवार बनेर मधेसको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेस र राष्ट्रिय राजनीतिबिचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो ।’

प्रतिज्ञा सभामा मधेश प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने कांग्रेसले दाबी गरेको छ ।

जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रका बारेमा काठमाण्डुमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने छ ।

दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिने कांग्रेसले जनाएको छ ।