स्कुटरलाई ठक्कर दिने टिपरमा स्थानीयले लगाए आगो, अरनिको राजमार्ग अवरुद्ध

स्कुटरलाई ठक्कर दिने टिपरमा स्थानीयले लगाए आगो, अरनिको राजमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२९०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जना घाइते भएका छन् । मृतकलाई प्रहरीले सिर मेमोरियल अस्पताल लगेको छ । घटनापछि स्थानीयवासी आक्रोशित बन्दै टिपरमा आगो लगाइदिएका छन् भने चालक फरार छन् ।

प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रु ग्याँस पनि प्रहार गरेको थियो । अहिले अरनिको राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमनसमेत प्रभावित भएको छ ।