काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाण्डु–५ का उम्मेदवार सस्मित पोखरेलले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
पोखरेलले बुधबार नेपाली, नेवारी र अङ्ग्रेजीभाषामा प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
डिजिटल माध्यममार्फत सार्वजनिक गरिएको उक्त प्रतिवद्धता पत्रले समावेशी र प्रविधिमैत्री राजनीतिक अभ्यासको सन्देश दिएको छ।
पोखरेलले शिक्षा सुधारलाई प्राथमिकतामा राख्दै सम्पदा संरक्षण, डिजिटल अर्थतन्त्र प्रवर्द्धन, नोम्याड भिसा नीति कार्यान्वयन, रोजगारी सिर्जना तथा युवा र महिला सशक्तीकरणलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्।
उनका अनुसार बहुभाषिक घोषणापत्र सार्वजनिक गर्नुको उद्देश्य क्षेत्रका विविध समुदायसम्म प्रत्यक्ष पहुँच पुर्याउनु र स्थानीय भाषा तथा संस्कृतिप्रति सम्मान प्रकट गर्नु हो।
चुनावी प्रतिस्पर्धा तीव्र भइरहेका बेला उनको डिजिटल घोषणापत्रलाई नयाँ शैलीको अभियानका रूपमा हेरिएको छ।




प्रतिक्रिया