काठमाण्डु– अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । काभ्रेको बनेपा बजारमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयवासीले टिपरमा आगो लगाएपछि अवरुद्ध बनेको राजमार्ग सुरक्षाकर्मी परिचालन गरेर खुलाइएको हो ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीका एसपी कोमल शाह र सशस्त्र प्रहरीका एसपी माधव रेग्मी नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका थिए ।
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२९०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटर चालक धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो भने एक जना घाइतेलाई अस्पताल पुर्याइएको थियो ।




प्रतिक्रिया