भोट नदिए पनि हुन्छ कामको लिस्ट दिनू, रास्वपाले काम गरेर देखाउँछ : बालेन शाह

भोट नदिए पनि हुन्छ कामको लिस्ट दिनू, रास्वपाले काम गरेर देखाउँछ : बालेन शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिमलाई काठमाण्डुसँग जोड्नुपर्ने बताएका छन् ।

बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले यस्तो बताएका हुन् ।

उनले आफूहरु भोट माग्न नभएर काम माग्न सुदूरपश्चिम आएको बताए । उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न होइन, काम माग्न आएको हो। काम दिनुस्,’ ‘भोट नदिए पनि हुन्छ, कामको लिस्ट दिनू। रास्वपाले काम गरेर देखाउँछ।’

उनले विपन्न गरिबले शिक्षा, स्वास्थय उपचार पाउनु पर्ने, २० बर्षमा नवन्ने सडक डेढ बर्षमा बन्न पर्ने रास्वपाको एजेण्डा रहेको बताए ।

उनले आफ्नो पार्टी सरकारमा गए कांग्रेस, एमाले, माओवादी सबै हिँड्ने बाटो बनाउने बताए ।

उनले भने ‘यहाँ त यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने भन्दा रैछन् । तर रास्वपा सरकारमा गयो भने कांग्रेस, एमाले, माओवादी सबै हिँड्ने बाटो बनाउछ । सबै नेपाली जनता हिड्ने बाटो बनाउछ।’

उनले थपे , ‘मान्छेहरू देशलाई स्वीजरल्याण्ड बनाउनुपर्छ भन्छन्, किन बनाउनुपर्‍यो स्वीजरल्याण्ड ? स्वीजरल्याण्डको पराकाष्ठा रामारोस यही छ किन बनाउनुपर्‍यो स्वीजरल्याण्ड ? खप्तड राष्ट्रिय निकुञ्ज यही छ किन बनाउनुपर्‍यो स्वीजरल्याण्ड ? नेपाली माल भएको, चाल नभाको पर्‍यौँ । भएको चिज देखाउनै सकेका छैनौँ।’