काठमाण्डु – नेपाली कांग्रेसले आसन्न चुनावका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।
जनकपुरमा आयोजित कार्यक्रममा बुधबार कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । कांग्रेसले प्रतिज्ञापत्रमा १० भिजन समेटेको छ ।
कांग्रेसले अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य गर्ने प्रतिज्ञा गरेको छ ।
बुधबार जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा नेपाल आमनागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुने व्यवस्था गर्ने उल्लेख छ ।
‘निमुखालाई ऐन र ठूलालाई चैन हुने विभेदकारी अवस्थाको अन्त्य हुनेछ । सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन् । अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ,’ प्रतिज्ञापत्रमा उल्लेख छ ।
स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति वफादार नागरिकहरू नियुक्त हुने वातावरण बनाउने उल्लेख छ ।
प्रतिज्ञापत्रमा भनिएको छ, ‘राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै डिजिटल नेपालको अवधारणा साकार पारिनेछ, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउने छन् । निर्भयतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुनेछ ।’
यस्तो छ प्रतिज्ञापत्रको पूर्णपाठ –




प्रतिक्रिया