काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी अभियानलाई देशव्यापी रूपमा तीव्र पारेको छ।
यसै क्रममा बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित घण्टाघर चोकमा रास्वपाले आम सभा आयोजना गर्दैछ। सभालाई रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ।
बुधबार धनगढीमा आयोजित आम सभा सम्पन्न गरी दुवै नेताहरू सुर्खेत पुगेका हुन्। धनगढीको सभामा जनसागर उर्लिएपछि रास्वपाका नेताहरू थप उत्साहित देखिएका छन्। सुर्खेतको घण्टाघरमा हुने सभामा पनि ठुलो संख्यामा समर्थकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा रास्वपाले यस पटक स्पष्ट बहुमत मात्र नभई दुई तिहाइ ल्याउने दाबी गर्दै आएको छ। सभापति लामिछाने र नेता शाहले देशका विभिन्न भागमा पुगेर जनतालाई परिवर्तनका लागि घण्टीमा मतदान गर्न अपिल गरिरहेका छन्।
रास्वपाले यस पटकको निर्वाचनलाई नयाँ र पुराना शक्तिबीचको निर्णायक लडाइँको रूपमा व्याख्या गर्दै आएको छ।




प्रतिक्रिया