काठमाण्डु – एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने र भत्काउनेबीचको द्वन्द्वमा फसेको बताएका छन् । उनले देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको टिप्पणी गरेका छन् ।
पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गदै बिहीबार उनले जसरी अहिले आममतदाताको आफूहरुसहित स्थापित राजनीतिक दल र नेताहरुप्रति प्रश्न छन् त्यसैगरि आफ्ना पनि केही प्रश्नहरु रहेको उल्लेख गरेका छन् ।
उनले भदौ २३ गतेअघि देश बनिरहेको थियो कि बिग्रेको थियो ? या देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर समाजमा आक्रोश विस्तार गरिँदै थियो ? भनेर पहिलो प्रश्न राखेका छन् ।
यस्तै, भदौ २३ गतेको जेजजी प्रदर्शनमा कसले घुसपैठ गरेको प्रश्न गर्दै जेन जी आयोजकहरूका घोषित कार्यक्रमअनुसार शान्तिपूर्ण प्रदर्शन सकियो भन्दै घर फर्कन लागेका युवाहरुलाई निषेधित क्षेत्रतर्फ जान बाध्य कसले गरेको भनेर दोस्रो प्रश्न राखेका छन् ।
यस्तै, भदौ २३ को घट्ना स्वतःस्फूर्त थियो कि तयारीसहितको षड्यन्त्र ? या भदौ २४ को विध्वंशको लागि आधार तयार पार्न घुसपैडियाहरूले भड्काएको हिंसा ? भनेर अर्को प्रश्न पनि उनले अघि सारेका छन् ।
ओलीले अघि सारेको अर्को प्रश्न जेनजी प्रदर्शनकारीका सरकार, संविधान तथा व्यवस्थाका सन्दर्भमा कुनै माग थिएनन् । हुँदै नभएको माग पूरा गरेझैं प्रणालीमाथि नै धावा बोल्ने गरी प्रतिनिधिसभाको विघटन किन गरियो भन्ने रहेको छ ।
उनले राखेको अर्को प्रश्नमा ‘त्यो आफूअनुकुल सरकार बनाउने वा चुनाव गराउने योजनामात्रै थियो भने व्यवसायिक प्रतिष्ठानहरु किन जलाईयो ? विचारमात्रै बोकेको कारण एकैसाथ पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका साधारण पार्टी समर्थक समेतका निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी किन गरियो ?’ भन्ने रहेको छ ।
उनले अघि सारेको अन्तिम प्रश्न भने यदि त्यो राजनीतिक प्रतिशोध थियो भने आफ्नो कर्तव्य पालना गरिरहेका राज्यका सुरक्षाकर्मीमाथि आक्रमण किन गरियो ? पनि रहेको छ ।
उनले एमालेले सधैं राष्ट्र पहिलाको नीतिमा स्थिरताको लागि यथेष्ट योगदान गर्दै आएको दाबी गरे ।
उनले आज नयाँ कि पुरानो भन्ने असान्दर्भिक भाष्य खडा गर्ने प्रयत्न भएकोबारे उल्लेख गर्दै आज नयाँ भनिएका कोही पनि नयाँ नभएको टिप्पणी गरे । उनले भने, ‘भ्रममा पर्न हुन्न, नयाँ भनिने समेत कोही पनि परीक्षण हुन बाँकी छैनन् । चर्चामा रहेका पात्रहरुले स्थानीय होस् कि संघीय सरकार, त्यसमा सहभागी भई आफ्नो क्षमता र हैसियत देखाईसकेका छन् ।’
एमालेका विगतका आफ्नो कामको अभिलेखहरू नै रहेको भन्दै आन्दोलनमा मात्र नभएर नीति सुशासन र विकास निर्माणमा पनि एमालेले आफूलाई नेता साबिता गरेको उनको दाबी छ ।





प्रतिक्रिया