काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गरेको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजित आमसभामाझ रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।
रास्वपाले अबको १० वर्षमा सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने प्रण गरेको छ । स्थिर मूल्यमा कम्तिमा वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिदर ५ प्रतिशत निरन्तर कायम गर्ने, ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याइने वाचापत्रमा उल्लेख छ ।
सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहितका नेताहरूले संयुक्त रूपमा सार्वजनिक गरेको वाचापत्रमा २०४६ सालपछिका सबै उच्चपदस्थ राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्न ‘शक्तिशाली उच्च आयोग’ गठन गर्ने सङ्कल्प गरिएको छ।
सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता बालेन साहले सुशासन र व्यवस्था बदल्न रास्वपाको विकल्प नभएको तर्क गरे।
यस्तै सभापति लामिछानेले जनतासँग झुटो आश्वासन नभइ, सम्झौता गरेको बताए । उनले २०४६ यता देश लुट्नेहरूको फाइल अब खोल्ने र कसैले उन्मुक्ति नपाउने बताए ।




प्रतिक्रिया