एमालेका पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश

एमालेका पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन्। उनी काठमाण्डु क्षेत्र नम्बर ७ मा प्रभावशाली नेताका रुपमा चिनिन्छन।

उक्त अवसरमा थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे।

पूर्व शहरी विकास राज्यमन्त्री रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका मानन्धर कांग्रेस प्रवेश गरेका हुन्।

यसैगरी नेकपाका केन्द्रीय सदस्य दीपक केसी, रसुवा एमालेका पूर्वअध्यक्ष जनार्दन ढकाल र काठमाण्डु ५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारका आकांक्षी डा. प्रणयशम्शेर राणाले कांग्रेस प्रवेश गरेका छन् ।