धनगढी पुगे उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ

धनगढी पुगे उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ देश दौडाहका क्रममा विहीबार धनगढी पुगेका छन् । विहीबार दिउँसो धनगढी बिमानस्थलमा समर्थकहरुले स्वागत गरेका छन् ।

स्थानीय जनसमुदाय, पार्टीका नेता तथा कार्यकर्ताहरूले घिसिङलाई स्वागत स्वरुप फूलमाला, खादा तथा नाराबाजीसहित बाइक र्‍याली गरिएको छ ।

विहान आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ३ मा घरदैलो गरेका घिसिङ धनगढी हुँदै विभिन्न जिल्ला पुग्ने कार्यतालिका छन् । उनी कन्चनपुर, कैलाली, वर्दियामा हुने आमसभामा सहभागी हुनेछन् ।

सुदुरपश्चिमको भ्रमण सकेर उनी काठमाण्डु फर्किने कार्यक्रम छ । त्यसलगत्तै अन्य जिल्लाको भ्रमणमा निस्कने कार्यक्रम छ ।