काठमाण्डु – सुन्धारास्थित धरहराको अन्डरग्राउन्ड पार्किङको उच्चस्तरीय टोलीले संयुक्त अनुगमन निरीक्षण गरेको छ ।
राजधानीको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको पार्किङको सञ्चालन र व्यवस्थापनका विषयमा स्थलगत अवलोकनसहित छलफल गरिएको हो ।
अनुगमनमा गृहमन्त्री ओमप्रकाश अर्याल, शहरी विकास मन्त्री कुमार इङ्नाम, काठमाण्डु महानगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता डंगोल, गृहसचिव, शहरी विकास मन्त्रालयका सचिव तथा काठमाण्डु महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहभागी थिए ।
टोलीले पार्किङ संरचनाको भौतिक अवस्था, सुरक्षा व्यवस्था, सवारी व्यवस्थापन प्रणालीको अवलोकन गरेको थियो । छलफलका क्रममा पार्किङलाई प्रारम्भिक चरणमा नि:शुल्क रूपमा सञ्चालनमा ल्याउने तथा काठमाण्डुको बढ्दो ट्राफिक चाप न्युनीकरणमा योगदान पुर्याउने गरी प्रभावकारी व्यवस्थापन गर्ने विषयमा सहमति भएको जनाइएको छ ।
पार्किङ क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउँदै सौन्दर्य कायम गर्ने विषयमा पनि सम्बन्धित निकायबिच समन्वय भएको छ ।




प्रतिक्रिया