काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक जारी

काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको छ ।

शुक्रबार विभिन्न सञ्चार गृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरेको, बिचौलिया र न्यायाधीशहरुबीच हुने गरेको सेटिङ तथा सरकारको क्रियाकलाप लगायतबारे साझा धारणा बनाउन भन्दै काँग्रेसले विपक्षीको बैठक बोलाएको हो ।

बैठकमा कांग्रेससहित एमाले, नेकपा, राप्रपा, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपा छन् । जसपा, जनमोर्चा र लोसपाको उपस्थिति राष्ट्रिय सभामा मात्र छ ।

बैठकमा काँग्रेसबाट दल नेता भिष्मराज आङदेम्बे र कमला पन्त, एमालेबाट उपनेता पद्माकुमारी अर्याल, नेकपाबाट वर्षमान पुन, प्रमेश महाल र प्रमुख सचेतक युवराज दुलाल, राप्रपाबाट प्रमुख सचेतक खुश्बु ओली तथा लोसपाबाट अध्यक्ष महन्थ ठाकुर सहभागी छन् ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले बैठकबाट निजी क्षेत्र, कर्मचारी र सञ्चार क्षेत्रलाई तर्साउन सरकारका तर्फबाट भइरहेका क्रियाकलाप तथा न्यायालयमा व्याप्त विक्रितिबारे साझा धारणा तय गरिने बताए ।