काठमाण्डु – डडेल्धुराको भीमदत्त राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीन जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)ले मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ।
मृत्यु हुनेमा सुप प्र०१-०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-२ का २२ वर्षीय हरिश ओली छन् । सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका-६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका र उनको उपचार जारी रहेको छ।
यस्तै, सुप प्र०१-००९प७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका-१ का २६ वर्षीय योगेन्द्र शाह र पछाडि बस्ने अन्दाजी २३ वर्षीय हरिश पार्कीको मृत्यु भएको छ।
पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएका छन्। योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए।’
मृतक ओली गोदावरीमा विवाहमा सहभागी भएर धनगढीतर्फ फर्किदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया