काठमाण्डु– धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम नगर क्षेत्रभित्र उम्मेदवारहरुले आचारसंहिता विपरित विभिन्न ठाउँमा टाँसेका निर्वाचन प्रचार सामग्री हटाएको छ ।
कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार(प्रसारका लागि विभिन्न ठाउँमा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको हो ।
सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाएको हो ।
उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउका लागि धनुषाका विभिन्न स्थानमा पर्चा, पम्पलेट अत्यधिक मात्रामा प्रयोग गरिएको पाइएको थियो । बजार क्षेत्र, चोक, सार्वजनिक भित्ता र सरकारी संरचनामा आचारसंहिताविपरीत सामग्री टाँसिएकोे थियो ।




प्रतिक्रिया