यस पटक जसरी पनि जित्छु : रविन्द्र मिश्र

यस पटक जसरी पनि जित्छु : रविन्द्र मिश्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं काठमाण्डु क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

आइतबार उनले मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो कार्यक्रमलाई तीव्र बनाएका हुन् ।
घरदैलो कार्यक्रमको क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले मतदाताहरुको प्रतिक्रिया सकरात्मक आइरहेको बताए ।

विगतमा अन्य पार्टीमा भोट हालेका मतदाता, अन्य पार्टीका कार्यकर्ता तथा नेताले समेत आफ्नो कार्यक्रमहरु आयोजना गरिरहेको उनले जानकारी दिए ।

उनले भने,‘यस पटक मतदाताहरुको प्रतिक्रिया एकदमै सकरात्मक छ । हुन त हरेक पार्टीकाउम्मेदवारहरुले यही भन्नुहुन्छ होला, तर यो पटक विगतमा अन्य पार्टीमा भोट हालेका मतदाता, पार्टीका कार्यकर्ता तथा नेताले समेत मेरो कार्यक्रमहरु आयोजना गरिदिनु भएको छ ।’

उनले इमानदारी र सक्षमतालाई पूरानो राजनीतिले गाँजेर अपहरण गरेर राखेको बताउँदै त्यसबाट मतदाताहरु फुस्कने प्रयास गरिरहेको बताए ।