निर्वाचनमा सहभागी दलहरू अनुशासनको परिधिभित्र रहन निर्वाचन आयोगको आग्रह

निर्वाचनमा सहभागी दलहरू अनुशासनको परिधिभित्र रहन निर्वाचन आयोगको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दललाई एउटै अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।

निर्वाचन समाचार अभिमुखीकरणमा बोल्दै कार्यबाहक आयुक्त भण्डारीले सबै दललाई एउटै समूहमा बसेर अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागिता भई स्वच्छ प्रतिस्पर्धामा संलग्न हुन आग्रह गरेका हुन् ।

उनले भने, ‘सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर र अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागी हुनुहोला । स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला ।’

निर्वाचनको मुखमा ९–१० लाखसम्म युवा मतदान थपिएको समेत उनले बताए । ‘यसपटक ९–१० लाखसम्म युवा मतदाता थपिएका छन् । युवाहरू पनि नयाँ जोस–जागर र उत्साह लिएका युवा छन्,’ उनले भने ।

उनले निर्वाचनको वातावरण बिथोल्न नहुनेमा जोड दिएका छन् ।