काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीबाट खराब व्यक्तिले चुनाव जितेमा पछि फिर्ता बोलाइने बताएका छन् ।
आईतबार चितवनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले मतदातासामु खराब सांसदलाई फिर्ता बोलाउने वाचा गरे ।
उनले भने, ‘म आज चोकमा उभिएर भन्छु, यदि हामीले राम्रोसँग छान्न नपाएर, रोज्न नभ्याएर रास्वपाले जितेर गएका मानिसहरू खराब परेछन् भने सांसद बनेपछि पनि फिर्ता बोलाउनेछौँ । हाम्रो त नजिर नै छ, ७२ घण्टाभित्र फिर्ता गराएको ।’
रास्वपाले बोक्नुपर्ने कुनै पनि व्यापारी वा व्यवसायी नरहेको उनले बताए । लामिछानेले भने, ‘कुनै व्यापारी र बिचौलियालाई हामीले पोस्न पर्दैन । बोक्न पर्दैन, अहिलेसम्म बोकेका पनि छौं ।’




प्रतिक्रिया