काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश मर्हजन र वडा नम्बर ६ का पूर्व वडाध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता बामदेव गौतम लगायत नेताहरूले आईतबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी धेरै कम्युनिष्ट पार्टीहरू मिलेर बनेको बताउँदै एकता सिंगो एमाले सहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रवादी शक्तिहरू बिचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे ।
पार्टी प्रवेश गरेका पूर्व मेयर रमेश मर्हजन र पूर्व वडाध्यक्ष नुच्छे मर्हजनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कीर्तिपुर–१० मा तारा चिह्नबाट उम्मेदवार रहेकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
पूर्व मेयर रमेश मर्हजनले दुईतिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकी हेलिकप्टरमार्फत बाहिरिनुपरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनतासँग पुन: मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गरेका छन् ।




प्रतिक्रिया