बालेनले सार्वजनिक गरे वाचापत्र (पूर्णपाठसहित)

बालेनले सार्वजनिक गरे वाचापत्र (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

झापा–५ बाट उमेदवार रहेका बालेनले आफ्नो घोषणापत्रलाई झापा–५ वाचापत्र नाम दिएका छन् । उनले आफूले संघीय सांसदको हैसियतले गर्ने काम वाचापत्रमा उल्लेख गरेका छन् ।

‘मेरो प्रतिबद्धता’ भन्दै आफूले गर्ने कामबारे उल्लेख गर्दै उनले शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका र पर्यटन तथा उद्योगमा गर्न चाहेको बताएका छन् ।

यस्तै खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृतिमा आफूले गर्ने काम बुँदागत रूपमा पनि उनले वाचापत्रमा उल्लेख गरेका छन् ।

‘स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछु,’ वाचापत्रमा उनले लेखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय तथा सहकार्यमा आफूले वाचापत्रमा उल्लेख गरेका काम पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले आफूले राजनीतिलाई पेसा नभएर सेवाका रूपमा लिजे प्रष्ट पारेका छन् ।

बेथिति र भ्रष्टाचारविरुद्ध संसद्को अग्रपंक्तिमा उभिने बताएका छन् । ‘राष्ट्रहित विपरीत कुनै पनि सम्झौता गर्ने छैन,’ उनको वाचापत्रमा उल्लेख छ, ‘सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।

गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिने उनले बताएका छन् ।

‘जनअपेक्षा अनुसार काम गर्न आएको हुँ, काम गर्न दिनुहोला’ भन्दै उनले वाचापत्र टुंग्याएका छन् ।