चुनावी सुरक्षा व्यवस्था थप मजबुत बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

चुनावी सुरक्षा व्यवस्था थप मजबुत बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउने भएको छ ।

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि ४ वटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुने गरी थप जगेडा फोर्स बढाउने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायले आपसी समन्वय गरी त्रुटीरहित सुरक्षा व्यवस्थापन गर्ने गरी कार्य गर्न निर्देशन दिए । बैठकमा ४ वटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।