काठमाण्डु – नेकपा (एमाले०का अध्यक्ष केपी शर्मा ओली चुनावी अभियानमा व्यस्त छन् ।
उनको बिहीबार झापाको कमल गाउँपालिकाका बवभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ ।
झापा–५ एमाले निर्वाचन परिचलन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार बिहीवार दिनभरी कमल गाउँपालिकाको विभिन्न आठ स्थानमा पुगेर भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
ओलीले बिहान ११ बजे कमल–५ को सिम्लेस्थित सिरिजङ्गा चौकमा स्थानीयसँग भेटघाट गर्नेछन् । त्यस्तै साढे १२ बजे सोही वडाको झारबारीस्थित राधाकृष्ण मन्दिरमा पुगेर स्थानीयसँग भेटघाट गर्नेछन्।
साढे १ बजे कमल–३ सानो केर्खामा भेटघाट कार्यक्रम तय भएको छ भने साढे २ बजे कमल–४ को भलायोडाँडामा मतदातासँग भेटघाट कार्यक्रम रहेको छ ।
यस्तै साढे ३ बजे कमल–२ को भुत्लुङमा अध्यक्ष अोलीले स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्नेछन्। पार्टीको स्थानीय वडा कमिटीले भेटघाट आयोजना गरिए अनुसार यी भेटघाटहरूमा सुझाव र समस्याका विषयमा छलफल हुनेछ ।
अध्यक्ष ओलीले पनि जनतासँग प्रत्यक्ष टोलटोलमा पुगेर त्यस स्थानका समस्या सुनेर समाधानको योजना निर्माण गरिने रणनीतिको रुपमा लिएका छन्।




प्रतिक्रिया