कांग्रेसले आज तीन जिल्लामा चुनावी सभा गर्दै

कांग्रेसले आज तीन जिल्लामा चुनावी सभा गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु नेपाली कांग्रेसले बिहीबार एकैदिन तीन स्थानमा चुनावी सभा आयोजना गर्दैछ।

पार्टीका अनुसार सुर्खेत, बाँके र रूपन्देहीमा सभाहरू हुनेछन्। यसअघि कांग्रेसले फागुन ६ गते जनकपुरमा पहिलो चुनावी सभा आयोजना गर्दै प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो।

तीन जिल्लामा हुने सभाहरूमा सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरू सहभागी हुने छन् ।

नेताहरू हेलिकप्टरमार्फत सभास्थल पुग्ने जनाइएको छ। सम्बन्धित प्रदेशका प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार र स्थानीय नेताहरूको पनि उपस्थिति रहनेछ।

कांग्रेसले शुक्रबार फागुन १५ गते पोखरामा र फागुन १७ गते काठमाण्डुमा चुनावी सभा गर्ने तयारी गरेको छ।

साथै कोशी र सुदूरपश्चिम प्रदेशमा पनि सभा आयोजना गर्ने तयारी भए पनि मिति भने तय हुन बाँकी छ ।