कर्णालीको विकासका लागि संविधान र कानून बदल्नुपर्छ : सभापति थापा

कर्णालीको विकासका लागि संविधान र कानून बदल्नुपर्छ : सभापति थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णालीको विकासका लागि संविधानको संशोधन जरुरी भएको बताएका छन् ।

कर्णालीको विकास अरु प्रदेशको जस्तो सजिलो नभएको भन्दै उनले संविधान र कानून परिवर्तनले मात्र कर्णालीको आम्दानी बढाएर विकास गर्न सकिने बताए ।

बिहीबार सुर्खेतमा आयोजित आमसभामा बोल्दै सभापति थापाले विकासका सपना बाँड्न सहज भए पनि कार्यान्वयन गर्न कठिन भएको बताए । कर्णालीको विकासका लागि प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने थापाको भनाइ छ ।

सपना देखाउन सजिलो भए पनि काम गर्न सहज नभएको थापाले बताए । ‘कर्णालीको विकासका लागि थुप्रै सपनाहरू देखाउन सकिन्छ,’ उनले भने, ‘हामीले जित्यौ भने कायापलट गरिदिन्छौ पनि भन्न सकिएला । तर विकास भन्ने कुरा चटकका भरमा हुने होइन ।’

कर्णालीमा विकासका थुप्रै सम्भावनाहरू भए पनि सम्भावनाको खोजी गरी उपयुक्त योजना र कार्यान्वयनको खाँचो भएको उनले बताए ।

‘कर्णालीमा यार्सागुम्बा छ, जुम्लाको स्याउ र मार्सी चामल, पर्यटनको धनी र जडीबुटी र जलस्रोत अथाह छ भनेर हुँदैन,’ उनले भने, ‘यी सबै कुराको सदुपयोग गर्ने सपना, योजना र सोच हुनु पर्दछ ।’