परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच नयाँ दिल्लीमा भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच नयाँ दिल्लीमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- भारत भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र समकक्षी सुष्मा स्वराजबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार दिउँसो २ बजेदेखि दुई मन्त्रीबीच भेट भएको हो।

भेटवार्तामा के के कुरा भयो भन्ने कुरा खुलाइएको छैन। नयाँ दिल्लीमा भइरहेको राइसेना डायलगमा भाग लिन मन्त्री ज्ञवाली बिहीबार बिहान भारत गएका हुन्। भारतको विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले यो डायलग आयोजना गरेको हो। बिहीबार नै मन्त्री ज्ञवालीले उक्त बैठकलाई सम्बोधन गर्नेछन् । मन्त्री ज्ञवाली शुक्रबार स्वेदश फर्कने कार्यक्रम छ।