भक्तपुर – मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर १ जना परेका छन् ।
करीब ८ ग्राम ५३० मिलिग्राम र नगद २० हजार ४ सय ९५ रूपैयाँसहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली बस्ने सुनसरी घर भएका ३३ वर्षीय सुनिल थापा, ३३ वर्षीय आशिष पाण्डे, ललितपुर इमाडोल बस्ने २१ वर्षीय राशि गौतम र काठमाण्डु नक्साल बस्ने २१ वर्षीय युनिक पोखरेल रहेका छन् ।
प्रहरी वृत्त ठिमी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया