बालेनसहित ३ नेतालाई मात्र छ हेलिकप्टर प्रयोग गर्ने अनुमति

बालेनसहित ३ नेतालाई मात्र छ हेलिकप्टर प्रयोग गर्ने अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निर्वाचन आयोगले मतदानको दिन (आज) ३ नेतालाई हेलिकप्टर चढ्ने अनुमति दिएको छ ।आयोगले नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई मात्र हेलिकप्टर प्रयोग गर्ने अनुमति दिएको हो ।

बुधवार ती ३ जना नेतालाई हेलिकप्टर प्रयोग गर्न आफुले अनुमति दिएको निर्वाचन आयुक्त सगुन शम्शेर जबराले बीबीसी सँग बताएका छन् ।

संयमित भएर सुरक्षा एवं मौसमलगायत पक्षको विचार र लाग्ने खर्चको अभिलेख आयोगले मागेको बेला उपलब्द गराउँने गरि हेलिकप्टर प्रयोग गर्न दिइएको आयुक्त जवाराले बताएका छन् ।

आफ्नो जिल्लाबाहिर प्रतिस्पर्धामा रहेकाले उनीहरूलाई हेलिकप्टर प्रयोग गर्न दिइएको बताइएकाे छ ।

आज विहान झापा गएका रास्वपाका बरिष्ठ नेता बालेन चढेको हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि काठमाण्डु नै फिर्ता आएको थियो । यसै विषयलाई लिएर अनुमति नलिई हेलिकप्टरको प्रयोग गरेको भन्दै आलोचना भएको थियो । तर बालेनको सिचिवालयले भने सुरक्षाको कारण काठमाण्डुनै फर्किएको बताएको छ ।

यता कांग्रेस सभापति थापा र प्रचण्ड भने आफ्नो चुनावी क्षेत्रमा पुगिसकेका छन् ।