काठमाण्डु– आज बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ । निर्वाचन आयोगका अनुसार कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।
देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो ।

यस्तै निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अहिलेको अवस्थामा मतदान कतै पनि नरोकिएको बताएका छन् ।
सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा आंशिक रूपमा मतदान रोकिएको भएपनि समस्याको समाधान गरेर अघि बढ्ने प्रयास भइरहेको उनले बताए।




प्रतिक्रिया