अर्काको नाममा मतदान गर्न खोज्ने १ युवक रौतहटबाट पक्राउ

अर्काको नाममा मतदान गर्न खोज्ने १ युवक रौतहटबाट पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटको राजपुर नगरपालिकामा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा १ जना पक्राउ परेका छन् ।

राजपुर नगरपालिका–९ बैरियास्थित मतदान केन्द्रबाट १८ वर्षीय अरजे हयातलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बैरिया अनाथालयस्थित मतदान केन्द्रमा हयातले स्थानीय महमद आसिकको नाममा मत खसाल्न खोजेपछि विवाद उत्पन्न भएको थियो । स्थिति तनावपूर्ण बनेपछि विवादलाई साम्य पार्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णुप्रदिप बस्यालले जानकारी दिए ।

डीएसपी बस्यालका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

‘उनले वास्तवमै अर्काको नाममा मत खसाल्न खोजेका हुन् वा होइनन् भन्ने विषयमा यकिन भइसकेको छैन, हामी अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।

निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने यस्ता गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।