रौतहट – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रौतहट जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजे सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
निर्वाचन सम्पन्न भएसँगै जिल्लाका ४ वटै क्षेत्रमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत छोटेलाल दासका अनुसार मतपेटिका संकलन र आवश्यक व्यवस्थापनको कार्य सकिनेबित्तिकै गणना प्रक्रिया अघि बढाइनेछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाका लागि ४ वटा स्थान तोकिएको छ ।
रौतहट क्षेत्र नम्बर १ को जुद्ध माध्यमिक विद्यालय, गौर क्षेत्र नम्बर २ को ब्रम्हज्योति मावि लौकाहा, क्षेत्र नम्बर ३ को जनता मावि, कटहरिया र क्षेत्र नम्बर ४ को जनज्योति उच्च मावि चन्द्रनिगाहपुर तोकिएको छ ।
अहिले सबै मतदान केन्द्रबाट मतपेटिकाहरू तोकिएका गणना स्थलमा ल्याउने क्रम जारी छ । मतगणना स्थलको सुरक्षा व्यवस्था निकै कडा पारिएको प्रशासनले जनाएको छ ।




प्रतिक्रिया