काठमाण्डु – राजधानी काठमाण्डु जिल्लामा मतगणनाको तयारीका लागि मतपेटिका संकलन भइरहेको छ ।
काठमाण्डुका १० क्षेत्रमा मतगणनाका लागि स्थान तोकिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा सहकारी विभाग, क्षेत्र नम्बर २ मा कागेश्वर मनोहरा नगरपालिका, क्षेत्र नम्बर ३ मा चामुन्डा माध्यमिक विद्यालय नारायणटार, क्षेत्र नम्बर ४ मा बूढानीलकण्ठ नगरपालिका–२ जेष्ठ नागरिक कार्यालय, क्षेत्र नम्बर ५ मा समाज भवन टोखा नगरपालिका–५, क्षेत्र नम्बर ६ मा तार्केश्वर नगरपालिका, धर्मस्थली क्षेत्र नम्बर ७ मा जुडो हल नयाँबजार, क्षेत्र नम्बर ८ मा जनउद्धार मावि हरिसिद्धी काठमाण्डु, क्षेत्र नम्बर ९ मा चन्द्रगिरी नगरपालिका बलम्बु, क्षेत्र नम्बर १० मा त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुरमा मतगणना हुनेछ ।




प्रतिक्रिया