काठमाण्डु – चीनले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सफलतापूर्वक सञ्चालन भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ ।
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले यस ऐतिहासिक अवसरमा नेपालको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
राजदूत झाङले निर्वाचन सम्पन्न गराउन नेपाली अधिकारीहरू र विभिन्न क्षेत्रका नागरिकहरूले गरेको अथक प्रयासको उच्च मूल्यांकन गरिनुपर्ने बताए । उनले लेखेका छन्, ‘नेपालमा यति शान्तिपूर्ण, व्यवस्थित र सुचारु रूपमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा धेरै धेरै बधाई ! आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नुभएकोमा नेपाली जनतालाई हार्दिक शुभकामना !’
चिनियाँ राजदूतले नेपालको राजनीतिक स्थिरता, विकास र समृद्धिको कामना गर्दै नेपाली जनताको सुख, स्वास्थ्य र सफलताको शुभेच्छा व्यक्त गरे । उनले चीन सधैँ नेपालको साथमा रहने प्रतिबद्धता समेत दोहोर्याए ।
‘चीन सधैँ नेपालको पक्षमा उभिएको छ र आगामी दिनमा पनि नेपालको प्रगतिमा हाम्रो पूर्ण साथ रहनेछ,’ उनको सन्देशमा उल्लेख छ ।




प्रतिक्रिया