काठमाण्डु– कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।
कास्की–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल, कास्की–२ मा उत्तम पौडेल र कास्की–३ मा विणा गुरुङले अग्रता लिएका छन् ।
कास्की– १मापौडेलले १ हजार ३ सय ५४, नेपाली कांग्रेसका तिलक रानाभाट ५ सय ९५, एमालेका वैन बहादुर क्षेत्री ५ सय २९, नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुड ८३ मत प्राप्त गरेका छन् ।
त्यसै गरी कास्की–२ मा अहिलेसम्म २ हजार ४ सय ५७ मत गणना भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तम पौडेलले १ हजार १ सय १७, नेपाली कांग्रेसका मधु बास्तोलाले ३ सय २२, नेकपा एमालका रश्मी आचार्यले ७ सय ३३, नेपाली कम्युनिष्ट पाटीका किरण थापाले ९४ मत प्राप्त गरे ।
त्यसै गरी कास्की–३ मा रास्वपाकी विना गुरुङले १ हजार ३ सय २३, नेपाली कांग्रेसका मनोज गुरुङले ५ सय ६१, नेकपा एमालेका दामोदर पौडेलले ३ सय ३९ मत प्राप्त गरेका छन् । कास्की ३ मा अहिलेसम्म माछापुछ्रे-१ र अन्नपूर्ण-१ को २ हजार ५ सय १९ मत गणना भएको हो ।




प्रतिक्रिया