ताप्लेजुङको मतपेटिका सदरमुकाम ल्याइयो

ताप्लेजुङको मतपेटिका सदरमुकाम ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ताप्लेजुङका दुर्गम चार मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत सदरमुकाम फुङ्लिङ ल्याइएको छ।

हिमाली भेगका ओलाङचुङगोला, याङ्मा, घुन्सा र ग्याब्ला मतदान केन्द्रका मतपेटिका शुक्रबार बिहान हेलिकोप्टरबाट सुरक्षित रूपमा सदरमुकाम ल्याएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको छ।

जिल्लाको उत्तरी हिमाली क्षेत्रमा पर्ने यी गाउँहरू सडक सञ्जालबाट टाढा रहेका कारण मतपेटिका स्थलमार्गबाट ल्याउन कठिन हुने भएकाले हेलिकोप्टर प्रयोग गरिएको हो ।

मतदान सम्पन्न भएपछि मतदान अधिकृत तथा सुरक्षाकर्मीको टोलीले मतपेटिकालाई सुरक्षित राख्दै हेलिकोप्टरमार्फत सदरमुकाम ल्याएका हुन्।

सबै मतपेटिका सदरमुकाम ल्याइसकिएको र अब मतगणनाको तयारी भइरहेको छ।

जिल्लामा रहेका अन्य मतदान केन्द्रका मतपेटिका भने स्थलमार्गबाटै सदरमुकाम ल्याइँदै छन्।

सबै मतपेटिका संकलन भएपछि जिल्ला अदालत परिसरमा तोकिएको स्थानमा मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा ८० स्थानमा १२७ मतदान केन्द्र रहेका थिए । जिल्लामा ५१.५ प्रतिसत मत खसेको छ ।