पृथ्वीनारायण शाहलाई सम्झदै ज्ञानेन्द्रले भने– ‘देश कपटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ’

पृथ्वीनारायण शाहलाई सम्झदै ज्ञानेन्द्रले भने– ‘देश कपटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको दिव्यउपदेश अनुरुप व्यवहार नगर्दा मातृभूमिको अस्तित्वमा घातप्रतिघातको कालो बादल मडारिरहेको बताएका छन्।

२९७औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले सो कुरा बताएका हुन्। पूर्वराजा शाहले भुलेर,अल्मलिएर र आफ्नै अस्तित्वबोधबाट विस्मरण गर्दा देश यतिबेला सकसपूर्ण र कपटपूर्ण अवस्थामा गुज्रिरहेको समेत टिप्पणी गरेका हुन्।

पृथ्वीनारायण शाहको ‘चार वर्ण छत्तीस जातको फुलबारी हो, मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया’ उपदेश स्मरण गरेका छन्।

शाहले वाद र विचारका आडमा नेपालीनेपालीबीच फाटो पैदा गरेको आरोप लगाएका छन्। ‘नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पु¥याउने, अनुशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने मेरो मान्यता छ,’ उनले भनेका छन्।