काठमाण्डु – नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ ।
कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराउदै विजयी भएका हुन् ।
उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् ।
गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिस्पधी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत ल्याएर तेस्रो स्थानमा रहे ।
मुस्ताङबाट शेरचनले २०७९ को निर्वाचनमा पनि जितेका थिए ।
उनी कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत हुन् ।




प्रतिक्रिया