काठमाण्डु – काठमाण्डु निर्वाचन क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।
उनीसँग प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् ।
निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत ल्याएका छन् ।




प्रतिक्रिया