तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा निर्वाचित

तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले एमालेका भानुभक्त ढकाललाई ८८० मतान्तरले हराए ।\

सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत पाए ।

रास्वपाका सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाए भने श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५ हजार २०० मत पाए ।